×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ज्योति विकास बैंक र राशी अटोमोबाइल्सबीच सम्झौता, न्यू होलण्डका निर्माण उपकरण किन्दा बैंकबाट कर्जा पाइने

काठमाडौँ – ज्योति विकास बैंक र राशी अटोमोबाइल्सबीच सम्झौता भएको छ । सम्झौतापछि राशी अटोमोबाइल्सको सिफारिस प्राप्त ग्राहकहरुले न्यू होलण्ड ब्राण्डका निर्माण उपकरणको लागि ज्योति विकास बैंकमार्फत सहज रुपमा कर्जा प्राप्त गर्नेछन् ।
सम्झौता पत्रमा ज्योति विकास बैंकका नायब महाप्रबन्धक सुशीलकुमार शर्मा तथा राशी अटोमोबाइल्सका अध्यक्ष अर्जुन रानाभाटले हस्ताक्षर गरेका छन् ।
सम्झौता पश्चात ज्योति विकास बैंकको कर्जा सेवाले ग्राहकहरुलाई थप सहज हुने जनाइएको छ । राशी अटोमोबाइल्सले देशभर फैलिएको आफ्नो सञ्जालबाट सेवाग्राहीलाई सेवा दिंदै आएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: