×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

किसान माइक्रोफाइनान्सको खुद नाफा ३५ लाख ९४ हजार रुपैयाँ, प्रतिसेयर आम्दानी कति ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार

PRIME CA
laxmi sunrise bank

किसान माइक्रोफाइनान्सको खुद नाफा ३५ लाख ९४ हजार रुपैयाँ, प्रतिसेयर आम्दानी कति ?

काठमाडौ – किसान माइक्रोफाइनान्स वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाको खुद नाफा ३५ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको तुलनामा ५७.९५% ले कम हो । गत वर्ष यसले ८५ लाख ४८ हजार रुपैयाँ नाफा कमाएको थियो । 
संस्थाको खुद ब्याज आम्दानी भने २४.५९% ले बढेर २ करोड ८० लाख रुपैयाँ पुगेको छ । गत वर्ष २ करोड २४ लाख रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको थियो । तर, सञ्चालन नाफा भने ६१.४३% ले घटेको छ । गत वर्ष १ करोड ३० लाख सञ्चालन नाफा गरेको संस्थाले यस वर्ष घटेर ५० लाख २४ हजारमा सिमित रहेको छ ।
यो असार मसान्तभित्र संस्थाको निक्षेप संकलन र कर्जा लगानी क्रमश: ३७.३८% र १६.८४%ले बढेको छ । संस्थाले निक्षेप ४० करोड १ लाख रुपैयाँ संकलन गरेर कर्जा १ अर्व ३९ करोड रुपैयाँ लगानी गरेको छ । यसको जगेडा कोषमा १२८.२१% ले बढोत्तरी भएको छ । हाल यस कम्पनीको चुक्ता पुँजी ८ करोड ६० लाख रुपैयाँ छ । 
संस्थाको खराब कर्जा भने खे घटेको छ । संस्थाको खराब कर्जा ०.०९% घटेर ०.९३% रहेको छ । संस्थाको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ७२ पैसा र प्रतिसेयर नेटवर्थ १६० रुपैयाँ ८१ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: