×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लक्ष्मी लघुवित्तको २६.३२% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कहिले हुँदैछ साधारणसभा ?

लाष्ट रिमाइन्डर :
कम्पनी : लक्ष्मी लघुवित्त वित्तीय संस्था
लाभांश : २६.३२% लाभांश 
बुक क्लोज हुने मिति :
सुरक्षित गर्ने अन्तिम मिति : आज (मंगलबार, मंसिर १० गते)
सभा हुने मिति : मंसिर २० गते 
विवरण :
लक्ष्मी लघुवित्त वित्तीय संस्थाको २६.३२% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले मंसिर २० गते सभा गर्नको लागि मंसिर ११ गतेबाट सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । यसर्थ, मंसिर १० गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् । 
पेस हुने प्रस्तावहरु :
१५% बोनस र ११.३२% नगद लाभांश दिने
प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने
सर्वसाधारण सेयरधनीबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने 
अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पुर्ण अख्तियारी सञ्चालक समितिलाई दिने 
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने
आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने
सभा हुने स्थान र समय :
अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा बिहान ११ बजे
कम्पनी प्रोफाइल :
चालु आर्थिक वर्षको पहिलो त्रैमासको खुद नाफा : ३ करोड १७ लाख ६८ हजार रुपैयाँ 
प्रतिसेयर आम्दानी : ४५ रुपैयाँ ६६ पैसा 
प्रतिसेयर नेटवर्थ : १७५ रुपैयाँ ५७ पैसा
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: