×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

महालक्ष्मी विकास बैंकको सामाजिक कार्य : श्री लिलाराम माध्यामिक विद्यालयलाई बाल उद्यान सामाग्री वितरण


काठमाडौं – महालक्ष्मी विकास बैंकको भैरहवा शाखाले शुक्रबार नारायणपथमा अवस्थित श्री लिलाराम माध्यामिक विद्यालयमा बाल उद्यान सम्बन्धी पिङ्ग, चिप्लेटी, ढिके पिङ्ग, तेर्साे भर्याङ लगायतका सामाग्री हस्तान्तरण गरी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा विद्यालयका सम्पूर्ण शिक्षक, व्यवस्थापन समितिका पदाधिकारी , महालक्ष्मी विकास बैंकका बिभिन्न शाखाका शाखा प्रबन्धकहरु र कर्मचारी तथा विद्यालयका संरक्षकहरुको उपस्थिति रहेको थियो ।
शाखाले विद्यार्थीहरुलाई बचत गर्नका लागि उत्प्रेरित गर्ने उद्देश्यले कक्षा ९, १०, ११ र १२ मा अध्यनरत विद्यार्थीहरुलाई निक्षेप, रकम भुक्तानी, कर्जा, एटिएम कार्ड, मोवाईल बैंकिङ, विप्रेषण, ईसिसि, आईपिएस, बीमा लगायत अन्य बैंकिङ्ग सेवाबारे साक्षर गराएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: