महालक्ष्मी विकास बैंकको 'सिएसआर' : भूमि माध्यमिक विद्यालयलाई पानी प्रशोधन उपकरण हस्तान्तरण

काठमाडौँ - महालक्ष्मी विकास बैंक सुर्खेत शाखाले आइतबार विरेन्द्रनगर नपा–३ मा स्थित हरिडिल भूमि माध्यमिक विद्यालयमा पानी प्रशोधन उपकरण जडान गरेको छ ।

बर्षातका समयमा महामारीका रुपमा देखिने ज्वरो, टाइफाइड जस्ता समस्याबाट विद्यार्थीहरुलाई जोगाउनका लागि बैंकले विद्यालयमा उक्त उपकरण जडान गरेको हो ।

त्यसैगरी, आइतबार नै बैंकको पालुङ शाखालेबज्रबाराही माध्यामिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । शाखाले विद्यार्थीहरुलाई बचत गर्नका लागि उत्प्रेरित गर्ने उद्देश्यले विद्यालयका १०+२ मा अध्यनरत विद्यार्थीहरुलाई निक्षेप, रकम भुक्तानी, कर्जा, एटिएम कार्ड, मोवाईल बैंकिङ, विप्रेषण, ईसिसि, आईपिएस, बीमा लगायत अन्य बैंकिङ्ग सेवाबारे साक्षर गराएको हो ।
प्रकाशित मिति : Monday, November 11, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal