×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मुक्तिनाथ विकास बैंकको खुद नाफा ५.२३% ले वृद्धि हुँदा वितरणयोग्य नाफा ११ करोडभन्दा बढी

काठमाडौं – चालु आर्थिक वर्षको प्रथम त्रैमासमा मुक्तिनाथ विकास बैंकले २२ करोड ८७ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । यो नाफा गत वर्षको तुलनामा ५.२३% ले धेरै हो । गत वर्ष बैंकले २१ करोड ७३ लाख ९३ हजार रुपैयाँ नाफा कमाएको थियो । यो प्रथम त्रैमाससम्ममा बैंकको वितरणयोग्य नाफा ११ करोड ४३ लाख ३४ हजार रुपैयाँ रहेको छ । 
बैंकले खुद ब्याज आम्दानीमा १२.१७%ले वृद्धि गरेको छ। गत वर्ष ४६ करोड ६७ लाख रुपैयाँ खुद ब्याज आम्दानी कमाएको यो बैंकले ५२ करोड ३६ लाख पुर्याएको छ । साथै, सञ्चालन नाफा पनि ३१ करोड ५५ लाख रुपैयाँबाट बढेर ३२ करोड ५७ लाख रुपैयाँ पुगेको छ । 
यो प्रथम त्रैमाससम्ममा बैंकले ४४ अर्ब ३५ करोड रुपैयाँ निक्षेप संकलन गरी ४१ अर्ब २६ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । हाल यसको चुक्ता पुँजी ३ अर्ब ६ करोड ४७ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७६ करोड ६६ लाख रुपैयाँ रहेको छ । बैंकको रिटेन्ड अर्निङमा ८१ करोड ९९ लाख रुपैयाँ रहेको छ ।
यसको खराब कर्जा भने ०.०२% बाट बढेर ०.१३% भएको छ । बैंकको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ८६ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ७७ पैसा छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: