×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल बंगलादेश बैंकको खुद नाफा ३३.३२% ले वृद्धि, रिजर्भ कोष भने खुम्चियो

काठमाडौं – नेपाल बंगलादेश बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकको अधिकांश सूचक बढेको छ । बैंकले खुद नाफा ३३.३२% ले बढोत्तरी गरेर ४० करोड २५ लाख २० हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष बैंकले ३० करोड १९ लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो प्रथम त्रैमासमा बैंकको वितरण योग्य नाफा १४ करोड ८६ लाख रुपैयाँ रहेको छ । 
यस्तै, बैंकको खुद ब्याज आम्दानी ८.३३%ले बढेर ७४ करोड ७९लाख रुपैयाँ पुगेको छ । गत वर्ष बैंकले ३९ करोड ३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। साथै सञ्चालन नाफा पनि २४.१४% बढेर ५५ करोड ९४ लाख रुपैयाँ पुगेको छ । 
यो असार मसान्तसम्ममा बैंकले निक्षेप संकलन र कर्जा लगानी क्रमशः २६.१५% र १५.३६% ले बढाएको छ । बैंकले ५९ अर्व ३७ करोड रुपैयाँ निक्षेप संकलन गरेर ५५ अर्व ८५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ८ करोड ८२ लाख रुपैयाँ रहेको छ । रिजर्भ कोष भने १२.७२% ले खुम्चिएको छ । 
बैंकको खराब कर्जा १.७९%, कस्ट अफ फन्ड ७.२९% र बेस रेट ९.८७% रहेको छ । बैंकको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ८१ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ ३४ पैसा रहेको विवरणमा उल्लेख छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: