एनएमबि बैंकले ३५% लाभांश दिँदै, बोनस सेयर र नगद कति ?

काठमाडौं - एनएमबि बैंकले आर्थिक वर्ष २०७५/७६को मुनाफाबाट ३५% लाभांश दिने भएको छ । बैंकको आइतबार बसेको सञ्चालक समिति ३९३औँ बैठकले सेयरधनीलाई २१% बोनस सेयर र १४% नगद लाभांश दिने निर्णय गरेको हो । 

बैंकले २ अर्ब ४२ करोड १२ लाख ४५ हजार ७५९ रुपैयाँ बराबरको बोनस सेयर र १ अर्ब ६१ करोड ४१ लाख ६३ हजार ८३९ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
प्रकाशित मिति : Monday, November 11, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal