×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल बैंकले गर्यो ३४% लाभांश दिने घोषणा, बोनस र नगद कति ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार

PRIME CA
laxmi sunrise bank

नबिल बैंकले गर्यो ३४% लाभांश दिने घोषणा, बोनस र नगद कति ?

काठमाडौं – नबिल बैंकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट लाभांश दिने भएको छ । बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले १२% बोनस सेयर र २२ % नगद लाभांश गरि कुल ३४% लाभांश दिने निर्णय गरेको हो । 
बैंकले १ अर्ब ८ करोड १४ लाख २१ हजार ४०० रुपैयाँ बराबरको बोनस र १ अर्ब ९८ करोड २६ लाख ५ हजार ९०० रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । हाल नबिलको चुक्ता पुँजी ९ अर्ब १ करोड १८ लाख ४५ हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि भने बैंकको चुक्ता पुँजी १० अर्ब ९ करोड ३२ लाख ६६ हजार ४०० रुपैयाँ पुग्नेछ ।
यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: