×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नागबेली लघुवित्तको अधिकांश सूचक मजबुत बन्दै, खुद नाफा १४२.१६% ले वृद्धि !

काठमाडौं – नागबेली लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको प्रथम त्रैमसको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाको अधिकांश सूचक मजबुत बन्दै गइरहेको छ । संस्थाको खुद नाफा १४२.१६% ले बढेर ९५ लाख ३९ हजार रुपैयाँ पुर्याएको छ ।  गत वर्ष ३९ लाख ३९ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो। 
यस्तै, कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालक नाफा क्रमश : ८५.८६% र १४१.६८% बढेको छ । गत वर्ष १ करोड ५२ लाख ८३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेकोकम्पनीले यो त्रैमासमा बढाएर २ करोड ८४ लाख पुर्याएको छ । साथै, सञ्चालन नाफा पनि ६१ करोड ९१ लाख रुपैयाँबाट बढेर १ करोड ४९ लाख रुपैयाँ पुगेको छ । 
यो पहिलो त्रैमासमा संस्थाले ३४ करोड ८५ लाख रुपैयाँ निक्षेप संकलन गरेर १ अर्ब २ करोड ७२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । हाल यसको चुक्ता पुँजी १६ करोड ७६ लाख रुपैयाँ रहेको छ भने, रिजर्भ कोषमा ८ करोड ६० लाख ३७ हजार रुपैयाँ छ । 
यसले खराब कर्जा ४.०९%बाट घटेर २.०६% मा सिमित भएको छ । संस्थाको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ७५ पैसा (बार्षिक) रहेको यसको प्रतिसेयर नेटवर्थ भने १७७ रुपैयाँ ३१ पैसा रहेको विवरणमा उल्लेख छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: