×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेसनल लाइफ इन्स्योरेन्सले गर्यो आकर्षक प्रगति, खुद नाफा ३५.७९% ले वृद्धि !

काठमाडौं – नेसनल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा ११ करोड ५३ लाख ९६ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनमा ३५.७९% ले धेरै हो । गत वर्ष यहि अवधिमा कम्पनीले ८ करोड ४९ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
कम्पनीको खुद बिमा शुल्क ३९% ले बढेर १ अर्ब ९१ करोड २१ लाख ८३ हजार रुपैयाँ पुगेको छ । गत वर्ष कम्पनीले १ अर्व ३७ करोड ५६ लाख रुपैयाँ खुद बिमा शुल्क रहेको थियो । कम्पनीले ६१ करोड १० लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ भने २६ करोड ६७ लाख रुपैयाँ दाबी हुन बाँकी रकम रहेको छ।    
कम्पनीको जीवन बिमा कोष पनि २७.०९% ले बढेर २८ अर्ब ६४ करोड ९३ लाख ४५ हजार रुपैयाँ पुगेको छ । यता, रिजर्भ फन्ड भने ९.५४% ले घटेर ६५ करोड ७४ लाख ८ हजार रुपैयाँमा सीमित भएको छ । यस इन्सुरेन्सको प्रतिसेयर आम्दानी २ रुपैयाँ ३९ पैसाले बढेर १५ रुपैयाँ ३५ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ १२१ रुपैयाँ ८६ पैसा छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: