नेको इन्स्योरेन्सले गर्यो आकर्षक प्रगति, खुद नाफा ३२.८०% ले वृद्धि हुँदा प्रति सेयर आम्दानी कति ?

काठमाडौं - नेको इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७को प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार कम्पनी खुद नाफा ३२.८०%ले बढेर ७ करोड ५३ लाख रुपैयाँ कमाएको छ । गत वर्ष यहि अवधिमा कम्पनीले खुद नाफा ५ करोड ६७ लाख रुपैयाँ मात्र कमाएको थियो ।

यस्तै, कम्पनीको खुद बिमा शुल्क पनि ८.६५% ले वृद्धि गरेको छ । गत वर्ष ३० करोड ४९ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको कम्पनीले यस वर्ष ३३ करोड १३ लाख रुपैयाँ पुर्याएको छ । कम्पनीले १० करोड लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ भने ३९ करोड ३७ लाख रुपैयाँ कुल भुक्तानी हुन बाँकी छ । बिमा कोषको आकार पनि ४५ करोडबाट बढाएर ६४ करोड ५० लाख पुर्याउन कम्पनी सफल भएको छ । 

चुक्ता पुँजी १ अर्ब १७ करोड ६२ लाख रहेको यस कम्पनीको रिजर्भमा ४९ करोड ७६ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी २२ रुपैयाँ ८१ पैसा (वार्षिक) छ भने प्रतिसेयर नेटवर्थ २०२ रुपैयाँ ३० पैसा रहेको छ ।
प्रकाशित मिति : Sunday, November 17, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal