नेपाल बैंकले २५ लाख कित्ता ऋणपत्र जारी गर्दै, बिक्री प्रबन्धकमा नविल इन्भेष्टमेन्ट बैकिङ !


काठमाडौं - नेपाल बैंक लिमिटेडले २५ लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ । बैंकले उक्त ऋणपत्र जारी गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा नविल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडलाई नियुक्त गरेको छ । 

नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नबिल इन्भेष्टमेन्ट बैंकिंगका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठका बीच डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकको काम गर्ने बारे समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

बैंकले '१०% एनबिएल डिबेन्चर-२०८३' नामक २ अर्व ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न उक्त क्यापिटललाई नियुक्त गरेको हो । बैंकले १०% व्याज दरमा ७ वर्ष अवधिको ऋणपत्र जारी गर्न लागेको हो ।

कूल २५ लाख कित्ता डिबेन्चर मध्ये १५ लाख कित्ता डिबेन्चर व्यक्तिगतलाई र १० लाख कित्ता कित्ता ऋणपत्र सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।

प्रकाशित मिति : Sunday, November 17, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal