×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल इन्स्योरेन्सको बोनस सेयर पाउन पहिला कर तिर्नुपर्ने !

काठमाडौं – नेपाल इन्स्योरेन्सले लगानीकर्ताहरुलाई बोनस सेयरमा लाग्ने कर रकम जम्मा गर्न अनुरोध गरेको छ । लगानीकर्ताले एनआइबीएल एस क्यापिटल लाजिम्पाट काठमाडौं र यसका अन्य शाखाबाट कर वापतको रकम बुझाउन सक्नेछन् । उक्त कर बुझाएपछि मात्र बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा हुनेछ । 
कम्पनीले गत भदौ ८ गते बसेको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७४–७५ को नाफाबाट ७.५% बोनस सेयर दिने निर्णय पारित गरेको थियो । साउन २३ भन्दा पछि सेयर अभौतिकरण गराएका सेयरधनीको बोनस सेयर जम्मा गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ । हालसम्म पनि डिम्याट खाता नखोलेका सेयरधनीलाई समेत खाता खोल्न भनिएको छ । त्यसपछि बोनस सेयर सम्बन्धित सेयरधनीको खातामा जम्मा हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: