×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नेरुडे लघुवित्तले गर्यो आकर्षक प्रगति, खुद नाफा १७१.७५% ले वृद्धि

काठमाडौं – नेरुडे लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार संस्थाको खुद नाफा २ करोड ६९ लाख ६६ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा १७१.७५% ले धेरै हो । गत वर्ष यसैअवधिमा संस्थाको खुद नाफा ९९ लाख २३ हजार रुपैयाँ रहेको थियो ।
संस्थाको खुद ब्याज आम्दानी २७.५६% ले बढेर ११ करोड २३ लाख ७७ हजार रुपैयाँ पुगेको छ । गत वर्ष संस्थाको खुद ब्याज आम्दानी ८ करोड ८० लाख ९१ हजार रुपैयाँ आर्जन गरेको थियो ।  यता, सञ्चालन नाफा १७४.५०%ले बढेको छ । सञ्चालन नाफा १ करोड ५५ लाख ९३ हजार रुपैयाँबाट बढेर ४ करोड २८ लाख ३ हजार रुपैयाँ पुगेको छ । नेरुडेको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै सुधार भएकाले खुद नाफा बढ्न टेवा पुगेको देखिन्छ ।
यो असोज मसान्तसम्म आइपुग्दा संस्थाको जगेडा कोष ९०.९६% ले बढाएर ५१ करोड ३३ लाख रुपैयाँ जम्मा गरेको छ । यसको  खराब कर्जा १.७०% रहेको छ । यता, प्रतिसेयर आम्दानी २७ रुपैयाँ १३ पैसा र प्रतिसेयर नेटवर्थ २२९ रुपैयाँ ०९ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: