×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

निर्धन उत्थान लघुवित्तको अधिकांश सूचक मजबुत बन्दै, खुद नाफा ४३.४८% ले वृद्धि

काठमाडौ – निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार संस्थाको अधिकांश सूचक मजबुत बन्दै गएको छ । संस्थाको खुद नाफा ४३.४८% ले बढाएर २१ करोड ६३ लाख ५५ पुर्याएको छ । गत वर्षको यहि अवधिमा संस्थाले १५ करोड ७ लाख रुपैयाँ मात्र कमाएको थियो । 
संस्थाले खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश: २०.३४% र ४६.३५% ले बढेको छ । गत वर्ष यहि अवधिमा ३८ करोड १२ लाख रुपैयाँ खुद ब्याज अम्दानी गरेको संस्थाले यस वर्ष ४५ लाख ८८ हजार रुपैयाँ पुर्याएको छ । सञ्चालन नाफा २३ करोड ३४ लाख रुपैयाँबाट बढेर ३४ करोड १७ लाख रुपैयाँ पुगेको छ । 
यो पहिलो त्रैमाससम्ममा संस्थाले ११ अर्व ६५ करोड रुपैयाँ निक्षेप संकलन गरेर २० अर्व १३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा संस्थाको चुक्ता पुँजी २०% ले बढेर १ अर्ब २० करोड रुपैयाँ पुगेको छ । 
साथै, संस्थाको खराब कर्जा १.०२%बाट थोरै बढेर १.३०% पुगेको छ । संस्थाको प्रतिसेयर आम्दानी पनि ११ रुपैयाँ ८१ पैसाले बढेर ७२ रुपैयाँ १२ पैसा (बार्षिक) कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ भने १७ रुपैयाँ २२ पैसाले बढेर २९२ रुपैयाँ कायम भएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: