×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

माघदेखि प्रभु बैंकको पुरानो भिसा कार्ड नचल्ने, नयाँ कार्ड बैंकले निःशुल्क दिने !

काठमाडौँ – प्रभु बैंक लिमिटेडले हालसम्म जारी गरेका भिसा कार्डहरु माघ १ गतेदेखी नचल्ने भएका छन् । बैंकले आम ग्राहकहरुको सुविधालाई मध्येनजर गर्दै अत्याधुनिक प्रविधियुक्त थप सुरक्षित र सुविधायुक्त ‘एससिटी युपीआई’ कार्डहरु जारी गर्ने भएको हुँदा पुराना अर्थात हालसम्म जारी भएका भिसा कार्डहरु विस्थापित गर्न लागेको हो ।
अहिले बैंकले नयाँ कार्ड जारी गर्न कार्ड सिस्टम अपग्रेड गरिरहेको छ । बैंकको भिसा कार्ड प्रयोकर्ताहरुले प्रभु बैंकका जुनसुकै शाखा कार्यालयमा सम्पर्क गरी नयाँ कार्ड निःशुल्क प्राप्त गर्न सक्नेछन्।
हेर्नुहोस्, बैंकले जारी गरेको सूचना जस्ताको तस्तै : 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: