×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रभु इन्स्योरेन्सले गर्यो आकर्षक प्रगति, खुद नाफा ३४.५९% ले वृद्धि हुँदा कमायो ४ करोड १० लाख ३८ हजार रुपैयाँ !

काठमाडौं – प्रभु इन्स्योरेन्सले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्बजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा ४ करोड १० लाख ३८ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा ३४.५९% ले धेरै हो । गत वर्ष कम्पनीले ३ करोड ४ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको खुद बिमा शुल्क २.४९% ले घटेको छ । गत वर्ष १७ करोड ४२ लाख ३६ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको कम्पनीले यस वर्ष १६ करोड ९८ लाख ९१ हजार रुपैयाँमा सिमित रहेको छ । कम्पनीले ५ करोड १७ लाख ८५ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ भने १५ करोड ७ लाख ३७ हजार रुपैयाँ कुल भुक्तानी हुन बाँकी रकम  रहेको छ ।
कम्पनीको चुक्ता पुँजी १ अर्ब ५० लाख रहेको छ । यसको जगेडा कोषमा २६ करोड ७४ लाख ६४ हजार रुपैयाँ छ भने बिमा कोषमा ५८ करोड ६१ लाख रुपैयाँ रहेको छ । कम्पनीले प्रतिसेयर आम्दानी ४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: