×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्राइम कमर्सियल बैंकले गर्यो १६% बोनस सेयर दिने घोषणा, बोनसमा लाग्ने करको झन्झट सेयरधनीलाई !

काठमाडौं – प्राइम कमर्सियल बैंकले सेयरधनीलाई १६% बोनस सेयर दिने भएको छ । बैंकको सोमबार बसेको सञ्चालक समिति ३८४औं बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट १६% बोनस सेयर दिने निर्णय गरेको हो । तर, बोनसमा लाग्ने कर तिर्नको लागि पैसा भने बैंकले नदिने भएको छ । उक्त कर तिर्ने झन्झट भने सेयरधनी आफैले बेहोर्नुपर्नेछ। 
बैंकले १ अर्ब ५४ करोड ९८ लाख ९६ हजार १६० रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ । हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ६८ करोड ६८ लाख रुपैयाँ रहेको छ । बोनस वितरणपछि भने चुक्ता पुँजी ११ अर्ब २३ करोड ६७ लाख ४७ हजार पुग्नेछ । 
यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: