धनगढीको कैलालीमा राष्ट्रिय वाणिज्य बैंकको प्रादेशिक कार्यालय सञ्चालन, मुख्य मन्त्री भट्टद्वारा उद्घाटन

कैलाली
काठमाडौं - राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले धनगढीको कैलालीमा सुदूर पश्चिम प्रादेशिक कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त कार्यालयको उद्घाटन सुदूर पश्चिम प्रदेशका माननीय मुख्य मन्त्री त्रिलोचन भट्टले गरेका हुन् ।

कार्यक्रममा भट्टले सरकारको लगानीमा संचालित संस्थानहरुको कार्यसम्पादन विगतमा सन्तोषजनक नभएपनि हालको समयमा राष्ट्रिय वाणिज्य बैंक उदाहरण बनेको बताएका छन् ।

सुदुर पश्चिम प्रदेश कार्यालयका प्रादेशिक प्रबन्धक रणबहादुर चन्दको अध्यक्षतामा भएको बैंकको सो कार्यक्रममा ५ नम्बर प्रदेश कार्यालयका प्रादेशिक प्रबन्धक आन्नद सुवेदीले स्वागत मन्तब्य तथा ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख सरोज बस्नेतले कार्यक्रम संचालन गरेका थिए ।

कार्यक्रममा परशुराम नगरपालिका, डडेलधुराका मेयर भीमबहादुर साउद, कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोरा, स्थानीय राजनीतिक दलका प्रतिनीधि, समाजसेवी, प्रहरी, कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २ सय ३८ वटा शाखा कार्यालय, २ सय ५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग सेवा रहेको छ ।
प्रकाशित मिति : Monday, November 11, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal