×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साधना लघुवित्तले ६ करोड ३० लाख रुपैयाँ बराबरको आइपिओ जारी गर्दै, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार

PRIME CA
laxmi sunrise bank

साधना लघुवित्तले ६ करोड ३० लाख रुपैयाँ बराबरको आइपिओ जारी गर्दै, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त !

काठमाडौं –  साधना लघुवित्त वित्तीय संस्थाले ६ करोड ३० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । 
साधना लघुवित्त र ग्लोबल आइएमई क्यापिटलबीच सेयर निष्काशन गर्ने सम्बन्धी सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा साधना लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत(सीईओ) रेशम न्यौपाने र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट सीईओ पारस मणी ढकालले हस्ताक्षर गरेका हुन् ।
हाल १४ करोड ७० लाख रुपैयाँ चुक्ता पूँजी रहेको संस्थाले प्रतिकित्ता १०० रुपैयाँको ६ लाख ३० हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो । ६ करोड ३० लाख रुपैयाँ आईपीओ निष्काशन पश्चात संस्थाको चुक्ता पुँजी २१ करोड रुपैयाँ पुग्ने लघुवित्तले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: