×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समता लघुवित्तको खुद नाफा ३६.१५% वृद्धि हुँदा जगेडा कोष पनि मजबुत !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १७ कार्तिक २०७६, आईतवार

PRIME CA
laxmi sunrise bank

समता लघुवित्तको खुद नाफा ३६.१५% वृद्धि हुँदा जगेडा कोष पनि मजबुत !

काठमाडौं – समता लघुवित्त वित्तीय संस्थाको आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा ३६.१५% वृद्धि गरेर २८ लाख ३६ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष यहि अवधिमा बैंकले खुद नाफा २० लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
संस्थाले खुद ब्याज आम्दानी भने ९९.५३% ले बढाएर २ करोड ३३ लाख ५१ हजार रुपैयाँ पुर्याएको छ । तर, सञ्चालन नाफा भने ५०.३५%ले घटेको छ । बैंकले जगेडा कोषमा भने आकर्षक प्रगति गरेको छ । जगेडा कोष गत वर्षको तुलनामा २३६.१४% ले बढोत्तरी गरेर ८ करोड ३ लाख रुपैयाँ जम्मा गरेको छ । 
यो पहिलो त्रैमाससम्ममा बैंकले ५६ करोड ६ लाख रुपैयाँ निक्षेप संकलन गरेर १ अर्व ४२ करोड ३३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकको खराव कर्जा २.२२%, कस्ट अफ फण्ड ११.२८% रहेको छ । समताको प्रतिसेयर आम्दानी (वार्षिक) १८ रुपैयाँ ७० पैसा र प्रतिसेयर नेटवर्थ १८६ रुपैयाँ २१ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: