सानिमा बैंकको खुद नाफा १४.४०%ले वृद्धि, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं - सानिमा बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकले खुद नाफा ५९ करोड ३६ लाख कमाएको छ । यो नाफा गत बर्सको तुलनामा १४.४०% ले धेरै हो । गत वर्ष यसै अवधिमा बैंकले ५१ करोड ८८ लाख ७० रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरण योग्य नाफा २७ करोड ५४ लाख ४० हजार रुपैयाँ रहेको छ । 

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश: १७.०३% र १२.६०%ले बढेको छ । गत वर्ष ९७ करोड ८४ लाख रुपैयाँ खुद ब्याज आम्दानी कमाएको बैंकले यस वर्ष १ अर्व १४ करोड ५० लाख रुपैयाँ पुर्याएको छ । यता, सञ्चालन नाफा ७४ करोड ८ लाख रुपैयाँबाट बढेर ५३ करोड ४३ लाख रुपैयाँ पुगेको छ । 

यो पहिलो त्रैमासमा बैंकले निक्षेप ९५ अर्व ९२ करोड १७ लाख रुपैयाँ संकलन गरेर कर्जा ८३ अर्व ५२ करोड १३ लाख रुपैयाँ प्रवाह गरेको छ । बैंकले जगेडा कोष १३.९६%ले बढोत्तरी गरेर २ अर्व ५४ करोड ९० लाख रुपैयाँ जम्मा गरेको छ । 

यता, बैंकको खराव कर्जा ०.१६%ले बढेर ०.२४% पुगेको छ भने बेस रेट ९.८०%ले बढेर ९.२१% पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ ०२ पैसाले बढेर २६ रुपैयाँ ४७ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १ सय ३२ रुपैयाँ ८५ पैसा रहेको विवरण सार्बजनिक भएको छ । 
प्रकाशित मिति : Sunday, November 03, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal