×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

उपसभामुख तुम्बाहाम्फेद्वारा राजीनामा गरेर मन्त्री बन्न अस्वीकार !

काठमाडौं । उपसभामुखको दाबी गरिरहेकी उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा गरी मन्त्री पद लिन अस्वीकार गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिन आग्रह गरेकोमा तुम्बाहाम्फे उपसभामुख पद राजीनामा गरी मन्त्री पद लिन अस्वीकार गरेकी हुन् । 
यसो त उनले यसअघिदेखि नै मन्त्रीका लागि उपसभामुख नछाड्ने बताउँदै आएकी छिन् । मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा रहेका प्रधानमन्त्री ओलीले बुधबार विहान उपसभामुख तुम्बाहम्फेसँग भेट पनि गरेका थिए ।
मन्त्रिमण्डल हेरफेरबारे छलफल गरी नाम नाम बुझाउन अध्यक्षद्वय ओली र प्रचण्ड राष्ट्रपति कार्यालयमा रहेकाबेला प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले उपसभामुखको राजीनामा सचिवालयमा नआएको बताए।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: