×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

शिवम सिमेन्टस उकालो लाग्न असफल, खुद नाफा ४६.५१% ले गिरावट !

काठमाडौं – शिवम सिमेन्टसको आर्थिक वर्ष २०७६/७७ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा १९ करोड ८६ लाख ७२ रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनमा ४६.५१% ले कम हो । गत वर्ष कम्पनीले ३७ करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो ।  
गत वर्ष सिमेन्ट बिक्रीबाट २ अर्ब ७२ करोड ७८ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले असोज मसान्तसम्म भने २ अर्ब ४ करोड रुपैयाँ मात्र कमाएको छ । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ । यस्तै, कम्पनीको सेयर प्रिमियममा ९४ करोड रुपैयाँ छ । यसैगरी, कम्पनीको रिटेन्ड अर्निङमा ३ अर्ब ४३ करोड ४९ लाख ६४ हजार रुपैयाँ रहेको छ । 
यस अवधीसम्म कम्पनीले २ अर्ब ४ करोड ८६ लाख ९८ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । बिक्री लागत १ अर्ब ३७ करोड ५३ लाख ३० हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेर १८ रुपैयाँ ६ पैसा (वार्षिक) मा सिमित भएको छ ।
गत वर्ष प्रतिसेयर आम्दानी ३८ रुपैयाँ १८ पैसा (बार्षिक) रहेको थियो । शिवमको प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ ४४ पैसा छ । शिवमले सहायक कम्पनीहरुमा ३ अर्ब ५६ करोड ५७ लाख रुपैयाँ लगानी गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: