×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिद्धार्थ इन्स्योरेन्सले गर्यो झिनो प्रगति, खुद नाफा २.७६%ले वृद्धि हुँदा अन्य सूचकको कस्तो छ अवस्था ?

काठमाडौं – चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सिद्धार्थ इन्स्योरेन्सले ४ करोड ७९ लाख ५१ हजार रुपैयाँ खुद नाफा कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । सार्वजनिक भएको रिपोर्ट अनुसार कम्पनीको यो नाफा गत वर्षको तुलनामा २.७६% ले धेरै हो । गत वर्ष कम्पनीले ४ करोड ६६ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
यस्तै, कम्पनीको खुद बिमा शुल्क १८.२०% ले बढेर २७ करोड ६८ लाख २९ हजार रुपैयाँ पुगेको छ । गत वर्ष कम्पनीले २३ करोड ३९ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । यता, कम्पनीले १४ करोड २५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ भने ७० करोड २८ लाख रुपैयाँ भुक्तानी हुन बाँकी रकम रहेको छ । 
यो असोज मसान्तसम्ममा कम्पनीले चुक्ता पुँजी १ अर्व पुर्याएको छ । कम्पनी जगेडा कोष भने ५.१८%ले घटेको छ। गत वर्ष १८ करोड १४ लाख रुपैयाँ जगेडा भएको कम्पनीमा यस वर्ष घटेर १७ करोड २० लाख रुपैयाँमा सिमित रहेको छ । 
कम्पनीको बिमा कोष २०.०१% ले बढेर ६८ करोड ८५ लाख ९८ हजार रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १९ रुपैयाँ १८ पैसा र प्रतिसेयर नेटवर्थ १९४ रुपैयाँ ११ पैसा छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: