×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सिद्धार्थ बैंकको नयाँ शाखा कास्कीको हेम्जामा, शाखा संख्या १६९ पुग्यो

कास्की

काठमाडौँ – सिद्धार्थ बैंकले आफ्नो शाखा विस्तार गर्ने क्रममा सोमबार (मङ्सिर ९ गते) कास्कीको हेम्जामा १६९औँ शाखा सञ्चालन गरेको छ । बैंकले सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा पु-याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो । 
उक्त शाखा विस्तारपश्चात् बैंकको कुल शाखा संख्या एक सय ७३ (चार एक्सटेन्सन काउन्टरसहित) पुगेको छ । बैंकले एक सय एकवटा शाखारहित बैंकिङ सेवा, एक सय ९० एटीएम र १६ सयभन्दा बढी पस मेसिनका साथै निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिट्यान्स सेवा, भिजा एटीएम कार्ड सेवामार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: