×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सिन्धु विकास बैंकमा जग्गा काण्ड, यस्ता छन् नालीबेली

काठमाडौं – सिन्धु विकास बैंकमा जग्गा खरिदको क्रममा ५ करोड घोटाला प्रकरण सार्वजनिक भएसँगै अरु विभिन्न अनियमितताका विवरण समेत आउन थालेका छन् । बैंकले अपनाउनुपर्ने सुशासनका कुनै पनि कुरा नअपनाई ऋण प्रवाहदेखि कर्मचारी भर्नामा समेत अनियमितता हुने गरेको तथ्य दृष्टिले फेलापारेको छ ।
जग्गा खरिदमा ५ करोड रुपैयाँ घोटाला गरेको समाचार दृष्टिमा प्रकशित भएलगत्तै अध्यक्ष श्रेष्ठ र सीईओ रमेश जोशीले जग्गाधनीको नाममा खाता खोली राखिएको कमिसनको रकम झिकेर सहकारीमा लुकाएका छन् । चलनचल्तीको मूल्य ६ करोड ५० लाख रुपैयाँमा पाइने ८ आना जग्गा १२ करोड रुपैयाँमा खरिद गरी अध्यक्ष श्रेष्ठ, सीईओ जोशीसहितका संचालकहरुले ५ करोड रुपैयाँ कमिसन लिएका थिए । अन्यत्र पैसा राख्दा जग्गाधनीले गडबडी गर्नसक्ने देखेर सिन्धु विकास बैंकमै खाता खोली रकम राखिएको थियो ।
बैंकका अध्यक्ष राजेन्द्र श्रेष्ठ र सीईओ रमेश जोशीको कमिसनमोहका कारण बैंक धरासायी हुने दिशामा गइरहेको छ । राष्ट्रबैंकबाट अनुगमनमा जानेहरुलाई पनि प्रलोभनमा पार्दै अध्यक्ष र सीईओले बैंकका अनियमिततामा ढाकछोप गर्दै आएका छन् ।
बैंक स्थापनाकालदेखि नै शाखा बनाउन एकै ब्यक्तिलाई ठेक्का दिने गरिएको छ । फर्निसिङदेखि सजावटसम्मको ठेक्का बैंकका अध्यक्ष श्रेष्ठले उनका आफन्त महेश श्रेष्ठलाई दिने गरेका छन् । एउटा शाखा फर्निसिङ गर्ने क्रममा लाखौँ रुपैयाँसम्म घोटाला गरी बिलभौचर मिलाएर खाने गरेका छन् । बैंकमा कार्यालय सहयोगीदेखि सुरक्षागार्ड र सहायकस्तरदेखि शाखा प्रमुखसम्मको नियुक्ति आफैं गर्ने गरेका छन् । यसरी नियुक्ति गर्दा दररेट तोकेर लेनदेनका आधारमा गर्ने गरेको आरोप अध्यक्ष श्रेष्ठमाथि लाग्दैआएको छ । कर्मचारी नियुक्ति गर्दा प्रतिकर्मचारी दररेट ५० हजारदेखि २ लाख रुपैयाँ राखेको बैंक स्रोतले दष्टिलाई बताएको छ ।
अध्यक्ष श्रेष्ठले स्थापनादेखि नै विनाग्यारेन्टी विभिन्न ब्यक्तिका नाममा ऋण दिएर त्यो ऋणको रकम आफैंले चलाएका छन् । अध्यक्ष आफैंले चलाएको उक्त ऋण असुली हुन सकेको छैन । ती ऋणको भाखा नाघेको बर्षौ भइसकेको छ । तर बैंकले कालोसूचीमा नपठाई लुकाउँदैआएको छ । अध्यक्ष श्रेष्ठको पोल खुल्ने भएकाले पनि कालोसूचीमा नपठाई लुकाउँदैआएको स्रोत बताउँछ । धितोविना दिइएका वा कमसल धितोमा प्रवाह गरिएका अधिकांश ऋण असुली हुन सकेका छैनन् । प्रत्येक कर्मचारी भर्ना गर्दा पैसा खाने र नयाँ कर्मचारी घुस दिएर आउन नै नचाहने भएकाले बैंकका शाखाहरु सहायकस्तरका कर्मचारीका भरमा संचालन भइरहेका छन् ।
जग्गा खरिद काण्ड
जग्गा खरिदमा ५ करोड रुपैयाँ घोटाला गरेको समाचार दृष्टिमा प्रकशित भएलगत्तै अध्यक्ष श्रेष्ठ र सीईओ रमेश जोशीले जग्गाधनीको नाममा खाता खोली राखिएको कमिसनको रकम झिकेर सहकारीमा लुकाएका छन् । चलनचल्तीको मूल्य ६ करोड ५० लाख रुपैयाँमा पाइने ८ आना जग्गा १२ करोड रुपैयाँमा खरिद गरी अध्यक्ष श्रेष्ठ, सीईओ जोशीसहितका संचालकहरुले ५ करोड रुपैयाँ कमिसन लिएका थिए । अन्यत्र पैसा राख्दा जग्गाधनीले गडबडी गर्नसक्ने देखेर सिन्धु विकास बैंकमै खाता खोली रकम राखिएको थियो । तर जग्गा खरिद प्रकरणमा कमिसनको लेनदेन भएको समाचार आएको भोलिपल्टै उक्त रकम हतार हतार सहकारीमा सारिसकिएको छ । बैंकका एक पूर्वकर्मचारीका अनुसार राष्ट्रबैंकले छानबिन गरे पैसा सहकारीमा सारेको खुल्नेछ । अध्यक्ष श्रेष्ठ र सीईओ जोशीले कमिसनमा कुरा मिलाएर ऋणी खोजेर शाखा शाखामा पठाउने गरेका छन् । धितोभन्दा धेरै ऋण प्रवाह गर्न दबाब दिने गरेका छन् । बाटो नभएको, खोला किनारको जग्गा र चार किल्ला प्रमाणित नभएको र हाइटेन्सन तारमुनिको जमिन धितो राखेर ठूलो रकम ऋण दिन दबाब दिने गरेका छन् । यस्तो दबाबका आधारमा ऋण दिंदा असुली नभए भोलि आफैलाई हत्कडी लाग्ने भएकाले बैंकका ५–७ वटा शाखा प्रमुखले छाडिसकेका छन् ।
यसरी कमसल धितो वा धितोभन्दा बढी ऋण दिएका अनगिन्ति ऋण लगानीका बारेमा राष्ट्रबैंकबाट जाने अनुगमन तथा निरीक्षण टोलीलाई थाहा भए पनि ढाकछोप गर्दैआएका छन् । जग्गा खरिदमा ५ करोड रुपैयाँ कमिसन मिलाउन सहयोग गरेका कारण सिन्धु विकास बैंकका अध्यक्ष श्रेष्ठ र सीईओ जोशीका विश्वासपात्र बनेका रुसान श्रेष्ठ बैंकमा हावी हुन पुगेका छन् । उनले दबाबका भरमा ऋण दिन अस्वीकार गर्दै छाडेका कर्मचारीका ठाउँमा नयाँ कर्मचारी पठाउने गरेका छन् । पछिल्लो समयमा ऋण विभाग तथा विभिन्न शाखाहरुमा रुसान श्रेष्ठको सिफारिसमा कर्मचारी भर्ति गरिएको छ । सिन्धु विकास बैंकका ऋणीले ५ प्रतिशत कमिसन अग्रिम दिएर कर्जा लिएपछि चुक्ता गर्दा पनि थप ५ प्रतिशत बुझाउनुपरेको दुखेसो गरेका छ्न् । एक ऋणीका अनुसार ऋण लिंदा ५ प्रतिशत र चुक्ता गर्दा पनि ५ प्रतिशत कमिसन दिनुपर्यो ।
सिन्धु विकास बैंकको जग्गा खरिदमा अनियमितता प्रकरण र ऋण लगानीमा भएको अपारदर्शीता र कमिसन खाएको गुनासाका बारेमा राष्ट्रबैंकको विकास बंैंक सुपरीवेक्षण विभागका प्रमुख ऋषिकेश भट्टले भने–राष्ट्रबैकले ढाकछोप गर्ने कारण छैन । विकास बैंकहरुले राष्ट्रबैंकको निर्देशन अनुसार काम गरे नगरेको हेर्ने हो । राष्ट्रबैंकलाई त्यति धेरै गुनासा आएका छैनन् । केही उजुरीहरु छन् । ती उजुरीमा बैंकलाई जवाफ मागेका छौं । हामीले नियमित सुपरीवेक्षणका लागि पठाउँदैआएका छौं, पठाउँछौं । अहिले तुरुन्तै बैंकका बारेमा भनिहाल्न मिल्ने अवस्था छैन । – दृष्टि साप्ताहिकबाट 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: