×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सोल्टी होटलले २६.३१% लाभांश दिँदै, पुस २४ मा बोलायो साधारणसभा

काठमाडौं – सोल्टी होटलले २६.३१% लाभांश भएको छ । यस होटलको सोमबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५/७६को मुनाफाबाट १५% बोनस सेयर र ११.३१% नगद लाभांश गरी कुल २६.३१% लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित लाभांस आगामी सभाबाट पारित भएपछि लगानीकर्ताले पाउनेछन् । 
यता, होटलले लाभांश प्रस्ताव पारित गर्न पुस २४ गते सभा बोलाएको छ । सभा नेपाल प्रज्ञा भवन कमलादी, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । यस्तै, सभा गर्न मंसिर २५ गतेदेखि पुस २४ गतेसम्म बुक क्लोज हुने होटलले जनाएको छ । मंसिर २४ गतेसम्म कायम रहने सेयरधनी मात्र सोल्टीले दिने लाभांशको हकदार हुनेछन् । 
सोल्टी होटलको हाल चुक्ता पुँजी ७३ करोड २६ लाख ७५ हजार रुपैयाँ छ । प्रस्तावित १५% बोनस सेयर वितरणपछि चुक्ता पुँजी ८४ करोड २५ लाख ७६ ६७५ रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: