×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

स्टान्डर्ड चार्टर्ड बैंकले कमायो ६४ करोड ४१ लाख १२ हजार रुपैयाँ खुद नाफा ! (अन्य विवरणसहित)

काठमाडौं – स्टान्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६४ करोड ४१ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको यो नाफा गत वर्षको भन्दा ६.२८% ले बढी हो । गत वर्ष यसैअवधिमा बैंकले ६० करोड ५९ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
बैंकको खुद व्याज आम्दानी १०.८२% ले बढेर ९३ करोड ३५ लाख रुपैयाँ पुगेको छ । चुक्ता पूँजी ८ अर्ब १ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ५ अर्ब १० करोड रुपैंया सञ्चित छ । बैंकको प्रतिशेयर आम्दानी ३२ रुपैयाँ १६ पैसा र प्रतिशेयर नेटवर्थ १९४ रुपैयाँ २८ पैसा रहेको छ । 
यस्तै बैंकको पूँजीकोष अनुपात १९.४४%, आधारदर ७.६३%, कोषको लागत ५.३२% र कर्जा निक्षेप अनुपात ६९.९३% रहेको छ ।
बैंकको खुद ब्याज आम्दानी १०.८२% र सञ्चालन नाफा ६.२८% ले बढेको छ । निक्षेप संकलन र कर्जा लगानी क्रमशः १५.८७% र ६.८७% ले बढेको छ । बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ ९ पैसाले बढेर ३२ रुपैयाँ १६ पैसा पुगेको छ । 
प्रतिसेयर नेटवर्थ १९४ रुपैयाँ २८ पैसा रहेको छ । गत वर्षको नाफाबाट स्टान्डर्ड चार्टर्डले लगानीकर्तालाई २२.५०% नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: