×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सूर्योदय लघुवित्तले गर्यो आकर्षक प्रगति, खुद नाफा १५५.७२% ले वृद्धि !

काठमाडौं – सूर्योदय लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाको खुद नाफा १५५.७२% ले वृद्धि भएको छ । गत वर्ष  ५५ लाख ४५ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको संस्थाले यस वर्ष १ करोड ४१ लाख ८० हजार रुपैयाँ पुर्याएको छ । 
संस्थाको खुद ब्याज आम्दानी ६८.७५% र सञ्चालन नाफा १८८.६६% ले बढोत्तरी भएको छ । संस्थाले खुद ब्याज आम्दानी ३ करोड ६९ लाख २१ हजार रुपैयाँ आर्जन गरेको छ । साथै, सञ्चालन नाफा ७० लाख ३० हजार रुपैयाँबाट बढेर २ करोड २ लाख ९३ हजार रुपैयाँ पुर्याएको छ ।
 यो पहिलो त्रैमाससम्ममा संस्थाले निक्षेप ६८ करोड ६५ लाख ७३ हजार रुपैयाँ संकलन गरेर कर्जा १ अर्व ७३ करोड ८० लाख ३९ हजार रुपैयाँ प्रवाह गरेको छ । संस्थाको जगेडा कोषमा १२ करोड ७९ लाख ५६ हजार रुपैयाँ जम्मा गरेको छ ।  
यता, संस्थाको खराव कर्जा ०.९३% रहेको छ। संस्थाको प्रति सेयर आम्दानी ५२ रुपैयाँ ५६ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २१८ रुपैयाँ ५६ पैसा रहेको विवरण सार्बजनिक भएको छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: