×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

स्वरोजगार लघुवित्तले गर्यो आकर्षक प्रगति, खुद नाफा १८०.२१%ले वृद्धि हुँदा प्रतिसेयर आम्दानी कति ?

काठमाडौं – स्वरोजगार लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६/७७ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाले खुद नाफा २ करोड ८० लाख ८८ हजार  रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा १८०.२१% ले धेरै हो । गत वर्षको यसै अवधिमा संस्थाले १ करोड २४ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । 
संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमश : ६०.८३% र १८०.४२% ले बढेको छ । संस्थाले खुद ब्याज आम्दानी ६ करोड ८४ लाख रुपैयाँ आर्जन गरेको छ । सञ्चालन नाफा १ करोड ४४ लाख रुपैयाँबाट बढेर ४ करोड ४ लाख रुपैयाँ पुर्याएको छ । 
यो पहिलो त्रैमाससम्ममा संस्थाले १ अर्व ३८ करोड ९७ लाख रुपैयाँ निक्षेप संकलन गरी ३ अर्व १७ करोड ९९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको हो ।   हाल संस्थाको चुक्ता पुँजी २६ करोड ९५ करोड रुपैयाँ रहेको छ । संस्थाको जगेडा कोष पनि मजबुत हुँदै गएको  छ । जगेडा कोष २०८.४१% ले बढेर १५ करोड ३३ लाख रुपैयाँ जम्मा भएको छ । 
यता संस्थाको खराव कर्जा ०.५१%ले बढेर ०.९८% पुगेको छ। संस्थाको प्रतिसेयर आम्दानी ४१ रुपैयाँ ६९ पैसा  र  प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ८८ पैसा पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: