×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मुस्ताङको जोमसोममा टाटा मोटर्सको वर्कशप सञ्चालन

जोमसोम – टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि ले मुस्ताङको जोमसोममा टाटा मोटर्सका गाडीहरूका लागि सेवा प्रदान गर्नका लागि वर्कशप खोलेको छ । समुद्र सतहभन्दा २,७४३ मिटर उचाइँमा अवस्थित उक्त वर्कशपको उद्घाटन सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोर्टसका कस्टमर केयर इन्टरनेशनल बिजनेस, कमर्सियल भेइकलका प्रमुख गणेश शेट्टीले गरेका हुन् ।
जोमसोम क्षेत्रमा टाटा मोटर्सका सबै रेन्जका गाडीहरूलाई सेवा प्रदान गर्ने यो नै पहिलो र एकमात्र वर्कशप हो । उक्त उद्घाटन समारोहमा बोल्दै टाटा मोर्टसको कर्मशियल बिजनेस, कस्टमर केयर इन्टरनेशनल प्रमुख गणेश शेट्टीले भने-“ जब कुनै ग्राहकले टाटाका कुनै उत्पादन खरिद गर्दछ तब उसले टाटाका सेवाहरू माथि अधिकार प्राप्त गर्दछ र सो अधिकार पूरा गर्ने दायित्व कम्पनीको हो । टाटा मोटर्सका गाडीहरू किन्ने हाम्रा ग्राहकहरूलाई हाम्रा यी वर्कशपहरूले फेरि प्रत्याभूति र विश्वास दिनेछ भन्ने हाम्रो आशा रहेको छ र सबैभन्दा उच्च स्थानमा-समुद्र सतहभन्दा २,७४३ मिटर उचाइँमा वर्कशप खोल्नु भनेको हामी हाम्रा सबै ग्राहकहरूसम्म पुग्छौँ भन्ने कुराको पुनः प्रत्याभूति हो ।”
सिप्रदी ट्रेडिङ प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भने- “सिप्रदीको स्थापनादेखि नै सिप्रदीले सेवालाई उच्च प्राथमिकतामा राख्दै देशका कुनाकाप्चामा भएका ग्राहकहरूसम्म पुग्ने लक्ष्य लिएको छ र जोमसोममा अवस्थित यो वर्कशपले हामीले चाहिरहेको लक्ष्य प्राप्तिका लागि अर्को सफलता दिलाएको छ।”
टाटा मोटर्स र सिप्रदी ट्रेडिङ्ग प्रा.लि. प्रति आभार व्यक्त गर्दै घोरपझोङ गाउँपालिकाका अध्यक्ष आशबहादुर थकालीले भने- “सिप्रदी र टाटा मोटर्सले जोमसोममा वर्कशप खोल्नु भनेको यो स्थानको महत्व बुझ्नु हो । सिप्रदी र टाटा मोटर्सलाई यहाँ स्वागत छ । हामीलाई विश्वास छ कि यो वर्कशप घोरपझोङ गाउँपालिका र कम्पनी दुवैका लागि फाइदाजनक हुनेछ ।”
उद्घाटन समारोहमा मुस्ताङको घोरपझोङ गाउँपालिकाका अध्यक्ष आशबहादुर थकाली, उपाध्यक्ष शर्मिला गुरुङ, प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा टाटा मोटर्स तथा सिप्रदी ट्रेडिङ्ग प्रा. लि. का प्रतिनिधिहरूका साथै सो क्षेत्रका स्थानीय बासिन्दा र टाटा मोटर्सका ग्राहकहरूको पनि सहभागिता थियो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: