×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

तिनाउ मिसनले मार्यो छलाङ, खुद नाफा ३८८.३८% ले वृद्धि हुँदा प्रति सेयर आम्दानी कति ?

काठमाडौं – तिनाउ मिसन डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७५/७६ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा ३ करोड ९१ लाख १३ हजार ६ सय ७६ रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको तुलनामा ३८८.३८% धेरै हो। गत वर्ष बैंकले खुद नाफा ८० लाख ८८ हजार २९ रुपैयाँ मात्र कमाएको थियो । 
यस्तै बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै क्रमश : २९३.९४% र ४०८.३०% ले बढेको छ । गत वर्ष २ करोड ८४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले यस वर्ष बढाएर ११ करोड २० लाख ५१ हजार ९ सय ९२ रुपैयाँ पुर्याएको छ । यता, सञ्चालन नाफा पनि ५ करोड ३६ लाख २६ हजार पुर्याएको छ ।
तिनाउको चुक्ता पुँजी १ अर्ब १४ करोड १६ लाख ८१ हजार २६ रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा १९ करोड ३४ लाख ४६ हजार रुपैयाँ छ । बैंकको खराब कर्जा ०.२७% बाट थोरै बढेर ०.८१% भएको छ । प्रतिसेयर आम्दानी १३ रुपैयाँ ६७ पैसा (वार्षिक) रहेको यसको प्रति सेयर नेटवर्थ १३२ रुपैयाँ ३८ रुपैयाँ छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: