ठगी प्रकरणमा ‘अघोरी बाबा’ प्रहरीको नियन्त्रणमा !

काठमाडौँ ।  'अघोरी बाबा' का नामले परिचित विजय केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सामाजिक सञ्जालमा परिचित केसीलाई  ठगी गरेको आरोपमा महानगरीय प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको हो । 

बाबासँगै उनकी पत्नीलाई पनि बौद्ध प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी प्रवक्ता होविन्द्र बोगटीका अनुसार बाबाले विदेश पठाइदिन्छु भन्दै ठगी गरेको उजुरी परेपछि प्रहरीले सोधपुछका लागि बोलाइएको हो । 
प्रकाशित मिति : Monday, November 11, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal