×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

गैरजिम्मेवारीको पराकाष्टा : कोरम नपुगेपछि अर्थ समितिको बैठक स्थगित ! (भिडियो रिपोर्ट)

काठमाडौँ । कोरम नपुगेपछि संघीय संसद, अर्थ समितिको बैठक स्थगित भएको छ । मंगलबार विहान सिंहदरबारमा बोलाइएको बैठकमा समितिका सदस्यहरुको गणपुरक संख्या नपुगेपछि बैठक स्थगित गरिएको हो । बैठक कक्षमा राजस्व सचिव शिशिरकुमार ढुंगाना र समितिका कही सदस्यहरु भने उपस्थित हुनु भएको थियो । बैठकका लागि ‘नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक’ माथि छलफल गर्ने कार्यसूचि तय गरिएको थियो । तर समितिका सदस्यहरुको गणपुरक संख्या नपुगेपछि बैठक आगामी कार्तिक २८ गते बस्ने गरी स्थगित गरिएको छ । कार्तिक २८ गते बिहीबार विहान ११ बजे बैठक बस्ने गरी आज बोलाइएको बैठक स्थगित गरिएको समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिनुभयो ।
बैठकमा समितिका सदस्यहरु सुरेन्द्र पाण्डे, रामकुमारी झाँक्रीसहितका केही सदस्यहरु मात्रै उपस्थित हुनु भएको थियो । हेर्नुहोस भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: