नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु !

काठमाडौं । मन्त्री हेरफेरको टुंगो लगाउन नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारै मन्त्री हेरफेरको टुंगो लगाउ तयारी गरेका छन् । 

उक्त बैठकमा अध्यक्षद्धय प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णु पौडेल, सदस्यहरु रामबहादुर थापा, वामदेव गौतम, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन् भने झलनाथ खनाल र सचिवालय सदस्य ईश्वर पोखरेल उपत्यका बाहिर रहेकाले बैठकमा सहभागी भएका छैनन् । 

सचिवालय बैठकअघि ओली र प्रचण्डबीच छुट्टै छलफल भएको छ भने राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट गरेका छन् । 
प्रकाशित मिति : Wednesday, November 20, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal