नेकपा सचिवालय बैठक बालुवाटारमा जारी, सबै मन्त्रीलाई राजिनामा गराईदैँ !

काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । सोमबार बिहानैबाट सुरु भएको बैठकमा भारतसँग सीमा विवाद, मन्त्रिपरिषद पुनर्गठन, १४ मंसिरको उपनिर्वाचनलगायतबारे छलफल भइरहेको बताइएको छ ।

बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल, नेताहरु माधव नेपाल, नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेल, ईश्वर पोखरेल, वामदेव गौतम, झलनाथ खनाललगायत उपस्थित छन् ।

सचिवालयका सल्लाहकारलगायतलाई राजीनामा दिन आग्रह गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरिरहेको चर्चा छ । अर्का अध्यक्ष प्रचण्डसँग सोमबार भएको भेटमा पनि प्रधानमन्त्री ओलीले यसै विषयमा छलफल गरेको बताइएको छ । यद्यपि यसको औपचारिक पुष्टि भएको छैन । 
प्रकाशित मिति : Monday, November 11, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal