×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बंगलादेशका राष्ट्रपति हमिद आज चन्द्रागिरि र पाटन घुमेर स्वदेश फर्किंदै, राष्ट्रपति भण्डारीद्वारा बिदाई गरिने !

काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद चारदिने नेपाल भ्रमण पूरा गरी शुक्रबार (आज) स्वदेश फर्किने भएका छन । शुक्रबार बिहान हमिद चन्द्रागिरि हिल्स र दिउँसो १ बजेपाटन दरबार स्क्वायर अवलोकन गर्नेछन् । 
राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा हमिद कात्तिक २६  बुधबार नेपालको चार दिवसीय सद्भावना भ्रमणमा आएका हुन् । सदभावना भ्रमणका लागि गत मंगलबार काठमाडौं आएका राष्ट्रपति हमिदले सोही दिन भक्तपुर दरबार स्क्वायर चाख मानेर अवलोकन गरेका थिए ।
हमिद बुधबार दिनभर उच्चस्तरीय भेटवार्तामा व्यस्त भएका थिए भने बिहीबार सुन्दर नगरी पोखराको अवलोकन गरेका थिए ।  उनी पोखरामा करिब पाँच घण्टा बिताएर बिहीबारै काठमाडौं फर्किएका थिए । राष्ट्रपति हमिद शुक्रबार अपराह्न सवा चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने र करिब पाँच बजे त्यहाँबाट स्वदेश प्रस्थान गर्ने कार्यक्रम छ । 
राष्ट्रपति हमिदलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले विदाई गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: