×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बैंकिङ्ग कसुर मुद्दाका दोषी ५ वर्षपछि पक्राउ !

काठमाडौं । प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआबी)ले बैंकिङ्ग कसुर मुद्दामा दोषी ठहर भई फरार रहेका २ जनालाई फैसला भएको ५ वर्षपछि कात्तिक १७ गते पक्राउ गरेको छ । सिआबीले उनीहरुलाई छुट्टा छुट्टै स्थानबाट पक्राउ गरेको हो ।   
अदालतको आदेशमा कसुर प्रमाणित भई फरार हुँदै आएका हेटौँडाका सञ्जय पोखरेल र लक्ष्मीदेवी पोखरेललाई कात्तिक १९ गते कारागार चलान भएको सिआइबीका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए । पाटनको उच्च अदालतले २०७१ मंसिर २१ गते बैकिङ कसूर मुद्दामा सञ्जयलाई ३ वर्ष कैद र १ करोड ९५ लाख २६ हजार रुपैयाँ जरिवाता तथा लक्ष्मीदेवीलाई २ वर्ष कैद र ७९ लाख २२ हजार जरिवाना तोकेको थियो ।

२०६७ फागुन २५ गते क्रिष्टल फाइनान्स थापाथलीबाट जग्गा धितो राखी आफू खुशीरुपमा जग्गाको अस्वाभाविक मूल्याङ्कन गराई कर्जा दुरुपयोग गरेको अभियोगमा अदालतले उक्त कैद तथा जरिवाना हुने फैसला गरेको थियो ।

सिआइबीको टोलीले फरार सञ्जय पोखरेललाई काठमाडौँको गौशालाबाट पक्राउ गरी मंगलबार जिल्ला अदालत काठमाडौँ र लक्ष्मीदेवीलाई पर्साको वीरगञ्जबाट पक्राउ गरी जिल्ला अदालत पसार्मा बुझाएको थियो ।

उनीहरुलाई मंगलबार नै अदालतले कैद भुक्तानीका लागि कारागार चलान गरेको पाण्डेले जानकारी दिए । रासस 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: