विजय लघुवित्त र स्वेडा लघुवित्तको मर्जर भाँडियो, यस्तो छ कारण !

काठमाडौँ - विजय लघुवित्त र लघुवित्तबीचको मर्जर भाडिएको छ । यो दुई संस्थाबीच स्वाप रेसियोमा कुरा नमिलेपछि मर्जर भाडिएको हो । 

नवलपरासीको गैडाकोटमा केन्द्रीय कार्यालय रहेको विजय लघुवित्तले धादिङ्गको धुनिवेशीमा रहेको स्वेडा लघुवित्तलाई गाभ्नको लागि गत असार २६ गते सम्झौता भएको थियो । यी दुई संस्थाबीच मर्जर सम्झौता भएको ४ महिनापछि कार्तिक २९ गते बसको संचालक समितिको बैठकले स्वेडालाई प्राप्ति गर्ने निर्णय भाडिएको हो । 

हाल विजय लघुवित्तको चुक्ता पूँजी १९ करोड ४८ लाख र स्वेडाको चुक्ता पूँजी १ करोड ३८ लाख रुपैयाँ छ। यस्तै विजय लघुवित्तले ३६ जिल्लामा र स्वेडाले ११ जिल्लामा सेवा दिइरहेका छन् । 
प्रकाशित मिति : Sunday, November 17, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal