×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

Breaking : अजय श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश, उच्च अदालतको आदेश बदर !

काठमाडौँ । सर्वोच्च अदालतले बैंक अफ काठमान्डूका पूर्व सिइओ अजय श्रेष्ठलाई रिहा गर्न आदेश दिएको छ । उच्च अदालतले उनलाई हिरासतमा राखी थप अनुसन्धान गर्न दिएको आदेशलाई बदर गर्दै सर्वोच्चले उनलाई धरौटीमा रिहा गरेर अनुसन्धान प्रक्रिया अगाडी बढाउन आदेश दिएको हो । आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार रेग्मीको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।

उनलाई किर्ते कागजका आधारमा ऋण दिएको अभियोग लागेको छ  । उच्च अदालतले उनलाई थुनामा राखी अनुसन्धान गर्न आदेश दिएको थियो  । यसका विरुद्ध उनी अदालत गएका थिए  ।

बैंकर अजय श्रेष्ठसहित किरण कुमार बोहोरालाई एक-एक करोड रुपैयाँ धरौटीमा थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । 

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: