सिटिजन्स बैंकको स्वतन्त्र सञ्चालकमा सुदेश खालिङ नियुक्त

काठमाडौँ - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको स्वतन्त्र सञ्चालकमा सुदेश खालिङ नियुक्त भएका छन् । बैंकको शुक्रवार बसेको सञ्चालक समितिको ३२०औं बैठक रिक्त रहेको स्वतन्त्र संचालक पदमा खालिङलाई नियुक्त गरेको हो । 

शाखा सञ्चालन तथा जोखिम व्यवस्थापनमा अब्बल तथा अनुभवी बैंकरका रूपमा परिचित खालिङले विभिन्न वाणिज्य बैंकको महत्वपूर्ण ओहदामा रहि आफ्नो कार्यकुशलता प्रदर्शन गरि सक्नु भएको छ । वाणिज्य बैंकमा सहायक पदबाट बैंकिङ्ग पेशा शुरु गर्नु भएका खालिङले दुई वाणिज्य बैंकको अनुभव बटुल्दै प्रमुख कार्यकारी अधिकृतबाट निवृत हुनु भएको हो।
प्रकाशित मिति : Friday, November 22, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal