×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सरकारले गर्यो नेपाल धितोपत्र बोर्डको नयाँ अध्यक्ष नियुक्तिका लागि समिति गठन !

काठमाडौँ । सरकारद्वारा नेपाल धितोपत्र बोर्डको नयाँ अध्यक्ष नियुक्तिका लागि समिति गठन भएको छ । राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालको संयोजकत्वमा गठन गरिएको समितिमा अर्थ मन्त्रालयका राजस्व सचिव शिशिरकुमार ढुंगाना र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष कृष्णप्रसाद आचार्य रहेका छन् ।
पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्षको पद रिक्त भएको झण्डै ३ सातापछि सरकारद्वारासमिति गठन गरिएको हो । समिति गठन भएसँगै अब अध्यक्ष पदका लागि आकांक्षी उम्मेदवारहरुको माग हुनेछ ।
यस्तै केहि दिन अगाडी मात्र शेयर लगानीकर्ता दवाब समूहले बोर्ड नेतृत्वविहीन रहँदा समग्र पूँजी बजारमा नराम्रो प्रभाव पर्नसक्ने अवस्था आएको भन्दै अध्यक्ष नियुक्तिमा ढिलाई नगर्न सरकारसँग आग्रह गरेको थियो । साथै दवाब समुहका अध्यक्ष हरि ढकालले पछिल्लो समय पूँजी बजार संक्रमण अवस्थामा रहेको र यसलाई सहि दिशा प्रदान गर्न सक्ने व्यक्तिलाई अध्यक्ष पदमा नियुक्त गर्नपर्ने पनि बताएका थिए । 
बोर्डका पुर्व अध्यक्ष डा. रेवतबहादुर कार्कीको ४ वर्षे कार्यकाल असोज मसान्तमा सकिएको थियो।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: