बैतडीबाट कांग्रेसले जितको खाता खोल्यो, नेकपाका उम्मेदवार ४ मतले पछारिए !

काठमाडौँ । उपनिर्वाचनमा नेपाली कांग्रेसले बैतडीबाट जितको खाता खोलेको छ । बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा कांग्रेस विजयी भएको हो । नेकपाका धनबहादुर चन्दले २१५ मत ल्याए भने विजयी उम्मेदवार गजेन्द्रबहादुरले २१९ मत ल्याएका छन् ।

यस्तै कुमाखमालिका गाउँपालिकाको ५ नम्बर वडाध्यक्षमा नेकपाका उम्मेदवार धर्मे बूढाथोकी विजयी भएका छन् । उनले ७९२ मत पाउँदा प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवारले २५१ मत पाएका छन् । त्यस्तै राप्रपाले २१ मत पाएको छ भने ६० मत बदर भएको छ । 

यस्तै काठमाडौं । सर्लाहीको हरिपूर्वा नगरपालिका १ को वडाध्यक्षमा समाजवादी पार्टीका श्यामबाबु राय विजयी भएका छन् । उनले ३४७ मत पाएर बिजय हासील गरेका हुन् । राष्ट्रिय जनता पार्टी र नेपाल कम्युनिस्ट पार्टी -नेकपा) का उम्मेदवारले समान ३२८ मत पाएका छन् । सीके राउत नेतृत्वको जनमत पार्टीका उम्मेदवारले ५२ मत पाउँदा नेपाली कांग्रेसले भने २३ मत पाएको छ ।

यस्तै बागलुङको बडिगाड गाउँपालिका-२ को वडाअध्यक्षमा नेकपाका ढालप्रसाद शेरचन विजयी भएका छन् । उनले ७०४ मत प्राप्त गरी बिजय हासिल गरेका हुन्। प्रतिद्वन्दी नेपाली कांग्रेसका डिलबहादुर रानाले ४ सय १२ मत प्राप्त गरे। 

यस्तै समाजवादी पार्टिका हरीलाल रानाले भने जम्मा ६ मत प्राप्त गरे । उनका घरको जस्तै सदस्य गन्ने हो भनेपनि ६ पुग्छ । २०७४ मा निर्वाचित वडाअध्यक्ष विष्णु भुषाल जिल्ला समन्वय समितिको उप-प्रमुखमा निर्वाचित भएपछि उक्त पद रिक्त भएको थियो। १ हजार ७ सय ४२ जना मतदाता रहेको वडामा १ हजार १ सय ३४ मत खसेको थियो।
प्रकाशित मिति : Saturday, November 30, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal