×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

गरिमा विकास बैंकको नाफा १८ करोड ८७ लाख ३५ हजार रुपैयाँ, अन्य सूचकको अवस्था यस्तो !

काठमाडौं – चालु आर्थिक वर्षको पहिलो त्रैमासमा गरिमा विकास बैंकले १८ करोड ८७ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । बैंकको यो नाफा गत वर्षको भन्दा २१.३७% ले धेरै हो । गत वर्षको सोहि अवधिमा बैंकले १५ करोड ५४ लाख ९२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
यस्तै असोज मसान्तसम्ममा बैंकको वितरण योग्य नाफा ६ करोड ३ लाख ६२ हजार रुपैयाँ रहेको छ भने बैंककोखुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि सुधार आएको छ । बैंकका यी दुई सूचक क्रमशः १५.४२% र २१.३७% ले बढेको छ । 
यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ०७ पैसाले बढेर २५ रुपैयाँ १२ पैसा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ २२ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: