×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मालपोत कार्यालय सिरहाका निमित्त प्रमुख पाँच लाख घुससहित अख्तियारको नियन्त्रणमा, थप अनुसन्धान जारी !

काठमाडौँ । भूमि सुधार तथा मालपोत कार्यालय सिरहाका निमित्त प्रमुख रामबाबु मण्डल घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मण्डललाई पाँच लाख घुससहित नियन्त्रणमा लिएको हो । 
शुक्रबार मण्डलले आफ्नै कार्यकक्षमा सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयका सूचना अधिकारी हरि प्रसाद घिमिरेले बताएका छन् ।
घिमिरेका अनुसार जग्गाबारेको निर्णयसहितका कागजात उच्च अदालत जनकपुरको राजविराज इजलासमा पठाउन आनाकानी गर्दै घुस मागेको जानकारी सेवाग्राहीले दिएपछि अख्तियारको टोली सिरहा पुगेर नियन्त्रणमा लिएको हो । 
पक्राउ परेका मण्डललाई थप अनुसन्धानको लागि अख्तियारको कार्यालय बर्दिवास ल्याइने पनि घिमिरेले बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: