×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

विभागीय प्रमुखलाई सञ्चारमन्त्री बास्कोटाको चेतावनी : ६६% काम नसकाएकाले म अयोग्छु भन्ने थाहा पाउनुहोस् (भिडियो रिपोर्ट)

काठमाडौं । संञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले सरकारको लक्ष्य अनुसार काम गर्न नसक्ने विगागिय प्रमुखलाई बर्खास्त गर्ने संकेत गर्नुभएको छ । आईतबार मन्त्रालयको समिक्षात्मक बैठकमा मन्त्री बाँस्कोटाले अन्तिम समयमा विभिन्न बहाना देखाउने पुरानै शैली सरकारलाई स्वीकार्य नहुने भन्दै लक्ष्य अनुसारको कार्यप्रगति देखाउन सचिव, सहसचिव तथा विभागिय प्रमुखलाई निर्देशन दिनुभएको हो । उहाँले भौतिक, वित्तिय र पूँजीगत प्रगति हासिल गर्न नसकेका सचिव, सहसचिव र विभागिय प्रमुख लाई सरकारले लिखित स्पष्टिकरण सोध्ने चेतावनी दिनुभयो । उहाँले काम नगरि धेरै घुम्ने काम बन्द गर्न पनि निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो “भोली प्रधानमन्त्रीकोमा जे पेस हुन्छ त्यसपछि कुरा यसरी आउदैन । लिखित आउँछ । निर्देशन लिखित आउँछ । तपाईको जवाफ पनि लिखित चाहिन्छ । ”
उहाँले प्रतिवेदन बुझाएपछि काम सकियो भनि ढुक्क नबन्न पनि सचेत गराउनुभयो । उहाँले दोश्रो चौमासिक समिक्षामा बैठकमा ६६ प्रतिशत काम नसकाएका विभागिय प्रमुखहरु अयोग्य सावित हुने बताउनुभयो । उहाँले भन्नुभयो “६६ प्रतिशत काम नसकाएका विभागिय प्रमुखले थाहा पाउनुहोस् कि म अयोग्य छु । ” 

बैठकमा संञ्चार मन्त्रालय मातहतका निकायले आफ्नो कार्यप्रगति विवरण पेश गरेका थिए । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: