×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

प्रदेश नं. २ मा आइतबार सार्वजनिक विदा !

काठमाडौँ । छठ पर्वको अवसरमा कात्तिक १७ गते (आइतबार) प्रदेश २ ले सार्वजनिक विदा दिने निर्णय गरेको  छ । प्रदेश सरकारले पछिल्लो हप्ता तिहारको लगातार चार दिन विदा रहेको प्रदेशमा आइतबार पनि छठ पर्वको अवसर पारेर बिदा दिने निर्णय गरेको हो । 
यस पटकको छठ पर्व शनिबार र आइतबार परेको छ । शनिवार स्वतः विदा हुने भएपनि छठ पर्वको अवसर पारेर शनिबार र आइतबार समेत प्रदेश सरकारले विदा दिएको छ । यो दिन शनिबारै भएपनि संघीय सरकारले समेत विदा दिएको सूची बनाएको छ ।
यसअघि संघीय सरकारले छठ पर्वको पहिलो दिन मात्रै विदा दिँदै आएको थियो । शनिबार अस्ताउँदो सूर्यलाई र आइतबार उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाइँदैछ । संघीय सरकारले यस वर्षको छठ पर्व र होली पर्वमा १/१ दिन विदा दिएपनि प्रदेश सरकारले यो पर्वहरुमा २/२ दिन विदा दिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: