×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सागमा सहभागी हुने खेलाडीको दुर्घटना वीमा आइएमई जनरल इन्स्योरेन्सले गर्ने, प्रति व्यक्ति पाँच लाखको बीमा हुने (भिडियो रिपोर्ट)

काठमाडौं । राष्ट्रिय खेलकुद परिषदले नेपालमा यही मंसिर १५ गतेबाट हुने दक्षिण एसियाली खेलकुदमा नेपाल आउने विदेशी खेलाडी र पदाधिकारीका लागि दुर्घटना विमा गरेको छ । त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदमा एक कार्यक्रमको आयोजना गरी सचिवालय तथा १३औं साग आयोजक समितिले सोमबार बीमा कम्पनि आइएमई जनरल इन्स्योरेन्स लिमिटेडसँग सम्झौता गरेको हो । सम्झौतामा राखेपका सदस्यसचिव रमेश कुमार सिलवाल र आईएमईका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले हस्ताक्षर गर्नुभयो । आसन्न सागलाई लक्षित गरेर राखेपले आइएमईसँग प्रतिब्यक्ति पाँच लाखको बीमा गरेको हो । 
सम्झौतासँगै सागको बीमा प्रायोजक आईएमई रहनेछ । साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा आयोजना हुनेछ । सागमा नेपालसहित भारत, श्रीलंका, माल्दिभ्स, पाकिस्तान, बंगलादेश र भुटानको सहभागिता रहेको छ । सागका लागि विदेशबाट खेलाडी र पदाधिकारी गरी कुल ३ हजार २ सय नेपाल आउँदैछन् । खेलाडी र पदाधिकारीको इन्सोरेन्स खेल अवधिका लागि मात्र मान्य हुनेछ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: